रुसको ३५ सय सैनिक मारिएको युक्रेनको दावी,

एजेन्सी
काठमाडौं, फागुन १४ गते ।
युक्रेनमा रुसले सुरु गरेको युद्ध जारी छ । तीन देखि जारी रहेको युद्धमा रुसको ठूलो क्षति भएको युक्रेनले दाबी गरेको छ ।
युद्धको क्रममा तीनदिनमा ३५ सय भन्दा बढी रुसी सैनिक मारिएको युक्रेनको सेनाले दाबी गरेको हो ।
शनिवार युक्रेनी सेनाले सार्वजनिक गरेको वक्तव्यमा आक्रमणमा सहभागी तीन हजार पाँचसय भन्दा धेरै रुसी सैनिक मारिएको उल्लेख छ । यस्तै दुई सयजनालाई बन्धक बनाइएको पनि युक्रेनी आर्मीले बताएको छ ।
युक्रेनले रुसका १४ वटा लडाकु विमान, ८ वटा हेलिकप्टर र १०२ वटा ट्यांक नष्ट गरेको बताएको छ ।
रुसले अहिलेसम्म आफ्नो तर्फ भएको हताहती र क्षतिबारे केही बताएको छैन ।
यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले सामाजिक सञ्जाल ट्विटरमा भिडियो पोस्ट गरी सेनालाई आत्मसमर्पण गर्नका लागि आदेश दिएको भन्ने गलत सूचनाको खण्डन गरेका छन् ।
उनले भनेका छन्, ‘अनलाइनमा धेरै गलत जानकारीहरु फैलाइएका छन् । भनिएको छ कि मैले सेनालाई हतियार बिसाउन भनेँ, म भाग्न खोजेँ । तर होइन । म यहाँ छु । हामीले हतियार बिसाउने छैनौँ । हामी हाम्रो देशको रक्षा गर्ने छौँ ।’

16 Push 077 final